राष्ट्रपति पौडेलबाट विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलबाट विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ३ विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

सरकारको वार्षिक बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार गर्ने उद्देश्यले विधेयकहरू संघीय संसद्बाट पारित भएका थिए । राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएसँगै विधेयकहरू अब कार्यान्वयनको प्रक्रियामा प्रवेश गर्ने भएका छन् ।