भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष र बालकृष्णलाई २ वर्ष कैद

भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष र बालकृष्णलाई २ वर्ष कैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डुले नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय निर्धारण गरेको छ ।

अदालतले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय गरेको छ । अदालतले सरकारी लिखत कीर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको कसूरमा सजाय गरेको हो ।

शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन् ।

काठमाण्डु जिल्ला अदालतको फैसलाविरुद्ध थुनामा रहेका र बाहिर रहेका कसूरदारले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।

कसलाई कति सजाय ?