विद्यार्थीहरूले गरे सिंहदरबार अगाडि सरकारविरुद्ध प्रदर्शन

विद्यार्थीहरूले गरे सिंहदरबार अगाडि सरकारविरुद्ध प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विद्यार्थीहरूले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले दमन र आतंकको नीति अपनाएको आरोप लगाउँदै बुधबार सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्।

अनेरास्ववियुका नेता दीपक धामीलगायत नेतृत्वको विद्यार्थी समूहले सरकारविरुद्ध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘गरिब जनतालाई तर्साउन पाइँदैनु’ ‘जनतालाई बाँच्न देु’ ‘राज्य आतंक बन्द गर’, ‘हत्या हिंसा अन्त्य गर’, ‘लिपुलेक हाम्रो हो,सिंहदरबारमा बसेर कुशासन गर्न पाइँदैन, यो सरकार जनताको कि विदेशीको हो’ लगायत नारा लगाएका थिए।

सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीसहित निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन् ।