गोलभेँडा फ्याँकेर किसानहरूले गरे प्रदर्शन (तस्बिरहरू)

गोलभेँडा फ्याँकेर किसानहरूले गरे प्रदर्शन (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – किसानहरुले गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।

काठमाण्डुको माइतीघर मण्डलामा किसानहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै गोलभेँडा फाल्दै प्रदर्शन गरेका हुन् । कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गोलभेँडाको थोक मूल्य न्यून विन्दुमा झरेपछि किसानहरू स्वतःस्फूर्त रूपमा सडक आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले गोलभेँडाको उचित मूल्य पाउनुपर्नै र बिचौलिया हटाउनु पर्ने माग राखेका छन् । भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको र लागत मूल्य समेत नउठेको उनीहरूको गुनासो छ ।

भारतीय बजारबाट सस्तो मूल्यमा आउने गोलभेँडाले नेपाली उत्पादनलाई विस्थापित गरेपछि नेपाली गोलभेँडा बारीमै कुहिने, सडकमा फाल्नुपर्ने दयनीय अवस्था आएको उनीहरूको भनाइ छ ।

प्रदर्शनका क्रममा किसानहरूले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीविरुद्ध नाराबाजी गरेका थिए ।