मुख्यमन्त्री शाहले गरे एमालेका सबै मन्त्रीलाई बर्खास्त

मुख्यमन्त्री शाहले गरे एमालेका सबै मन्त्रीलाई बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री शाहले बुधबार एक राज्यमन्त्रीसहित एमालेका ३ मन्त्रीलाई पदबाट बर्खास्त गरेका हुन्।

बर्खास्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन्।

एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि मुख्यमन्त्री शाहले उनीहरुलाई बर्खास्त गरेको बताइएको छ ।

मुख्यमन्त्री शाह उच्चस्तरमा छलफल गरेर बुधबार मात्रै काठमाडौंबाट धनगढी फर्किएका थिए।सुदूरपश्चिमको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर केही दिनदेखि नेपाली कांग्रेस र एमालेबीच तीव्र विवाद चलिरहेको छ।