सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता

सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बैठकले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए । बजेट पुनर्लेखनको माग राख्दै आएको अवस्थामा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको विरोधमा सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ ।

मुख्यमन्त्री शाहले बुधबार भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदलाई बर्खास्त गरेका थिए ।