प्रतिनिधिसभा बैठक साउन १४ गते बस्ने गरी स्थगित

प्रतिनिधिसभा बैठक साउन १४ गते बस्ने गरी स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठक आगामी साउन १४ गते बस्ने गरी स्थगित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ को बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गरेको भोलिपल्ट सभामुखले प्रतिनिधिसभा बैठक लामो समयका लागि स्थगित गरेका छन् । हिजो मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने अकस्मात उपस्थित भएका थिए ।