सरकार तानाशाही शैलीमा हिंडेको छः ओली

सरकार तानाशाही शैलीमा हिंडेको छः ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–एमाले अध्यक्ष केपी ओलीले सरकार तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय च्यासलमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले जनतालाई तर्साएर सरकार तानाशाही शैलीमा हिंडेको आरोप लगाएका हुन् ।

ओलीले सञ्चार माध्यम र व्यक्तिका घर अगाडि सरकारले नै गाडी पार्किङ गर्न लगाएको आरोप लगाए ।

‘अर्काको घरको अगाडि, कार्यालय अगाडि, सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ । ती गाडी सकुशल फर्काइन्छन् । कुनै कारबाही हुँदैन’, ओलीले भने, ‘किनभने निर्देशित ढंगबाट ती काम सरकारले लगाएको छ । अनि कसरी कारबाही हुन्छ ?’


ओलीले सरकारले जनताको सहिष्णुतामाथि खेलबाड गरिरहेको पनि टिप्पणी गरे ।

उनले सरकार र सरकार समर्थितले जे गरे पनि जनताले सहनुपरेको बताए । ‘गेटमा गाडी तेर्स्याएको पनि सहनुपरेको छ’, ओलीले भने, ‘फासिजम’ भनेको यही हो ।’

यस्तै ओलीले जेनजी अभियानी माजिद अन्सारीमाथि प्रहरीबाट भएको कुटपिट र पक्राउप्रति निन्दा गरे ।

‘एकजना अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए । त्यहाँ अवलोकन गर्न गए बापत प्रहरी अत्याचारको पराकाष्ट भएको छ । लछारपछार गर्ने प्रकारका क्रियाकलाप भए,’ ओलीले भने ।