मलामी गएका युवा दरौंदीमा बगेर बेपत्ता

मलामी गएका युवा दरौंदीमा बगेर बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन् ।

अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी जाएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता छन् ।

बिहीबार दिउँसो १ बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।