काठमाण्डु– सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार दक्षिण गेट पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको छ ।
सिंहदरबार गेट अगाडी धर्ना बस्न गएका ‘कुमारी आमा’ का नामले परिचित निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले लछारपछार गरी नियन्त्रणमा लिएको हो ।
गृहमन्त्री स्ुधन गुरुङलाई आफ्ना पीडा राख्न भन्दैै उनीहरु विगत पाँच दिनयता सिंहदरबार गेट धाइरहेका छन् ।
आफ्ना समस्या समाधानका लागि गृहमन्त्री गुरुङसँग भेट्न पाउनुपर्ने माग उनीहरूको छ । यसअघि पनि धर्ना बसेलगत्तै प्रहरीले उनीहरुलाई हटाउँदै आएको थियो ।
आफूहरुमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको गुनासो निहारिका र बिनुको छ ।
निहारिका र बिनुले आफूहरु दुवै जना हिसां पीडित भएकाले राज्यले न्याय लिनुपर्ने आवाज लामो समयदेखि उठाउँदै आएका छन् ।




प्रतिक्रिया