काठमाण्डु – नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा शनिबार अन्त्येष्टि गरिएको छ ।
नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उनको निवासमा निधन भएको हो ।
पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारलगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियान्ताहरू आर्यघाट पुगेका थिए ।
नेकपाका नेता श्रेष्ठले मुलुकको लोकतान्त्रिककीकरण र रूपान्तरण प्रक्रियामा पाण्डेको योगदान अतुलनीय रहेकोे बताए ।




प्रतिक्रिया