काठमाण्डु – नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस एकआपसमा ठोक्किँदा २५ बढी यात्रु घाइते भएका छन् ।
सर्लाहीबाट काठमाण्डु गइरहेको म.प्र. ०३–००२ ख ७३२ नम्बरको बस काठमाण्डुबाट दाङ जाँदै गरेका लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस बा. प्र.०३–००१ ख १६७१ नम्बरको ट्रकसँग एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक–खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि बाढी र पहिरोका कारण जिल्ला प्रशासन कार्यालयले शनिबार बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आइतबार बिहानैदेखि सडक सुचारु भए पनि खुलेको केही समयमै दुर्घटना भएपछि यात्रुहरू बिच बाटोमै अलपत्र परेका थिए ।
सडकमा सवारीको चाप बढ्नसक्ने भन्दै डिभिजनले चालकहरूलाई हतार नगर्न, सीमित गतिमा सवारी चलाउन र अनिवार्य रूपमा लेन अनुशासन पालन गर्न अनुरोध गरेको छ।




प्रतिक्रिया