अर्थमन्त्रीले सुरु गरे बजेट कार्यान्वयनका लागि छलफल

अर्थमन्त्रीले सुरु गरे बजेट कार्यान्वयनका लागि छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा केहिबेर अघिबाट बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका हुन् ।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।