भूमिहीन र सुकुमबासीलाई जग्गा प्राप्तिका लागि आवेदन खुला (सूचना)

भूमिहीन र सुकुमबासीलाई जग्गा प्राप्तिका लागि आवेदन खुला (सूचना)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरिएको छ ।

सोमबार भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै तोकिएका स्थानीय तहका लक्षित वर्गलाई जग्गा पाउनका लागि निवेदन दिन आह्वान गरेको हो ।

मिहीन दलित र सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सरकारको योजना अनुरूप प्रक्रिया थालिएको समितिले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका निश्चित स्थानीय तहहरूलाई समेटिएको छ ।

जसमा ३५ दिन भित्र निवेदन दिन आग्रह गरिएको छ ।

योग्यता पुगेका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले समितिले तोकेको ढाँचा बमोजिमको निवेदन फाराम भर्नुपर्नेछ ।

फाराम आज (साउन ४) गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहका वडाहरूमा खटिएका लगत सङ्कलकहरू मार्फत पेश गर्नुपर्ने समितिले जनाएको छ।