काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से ४१.१७ अंकले बढेर परिसुचक २७१९मा कायम भएको छ । अघिल्लो कारोबारमा पनि बजार ७९ अंकले बढेको थियो ।
यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकामा आज ५ अर्ब ५० करोडको कारोबार भयो ।
कारोबारमा आएका २३८ कम्पनीको मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन आखु खोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडि पावर जलविद्युत्, कर्पोरेट डेव्लपमेन्ट बैंक अगाडि रहे ।
यसदिन एभरेष्ठ कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो भने रिज लाइन इनर्जिको १३ प्रतिशत र श्रीनगर एग्रिटेकको १० प्रतिशतले बढ्यो ।
आज म्यूचल फण्डबाहेक सकै सूचक बढे । उत्पादन तथा प्रशोधन समूह आज सबैभन्दा धेरै ३.२१ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.८१, जलविद्युत् २.७९, बैंकिङ ०.५५, विकास बैंक १.४८, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.९८, लगानी १.५५, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा ०.४४ तथा व्यापार समूह १.१४ प्रतिशत बढे ।




प्रतिक्रिया