‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न वाणिज्य विभागको आग्रह

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न वाणिज्य विभागको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नगर्न आग्रह गरेको छ ।

विभागले सोमबार सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडालगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको हो ।

विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोके बमोजिमको दायित्व तथा सर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।