रास्वपाको बागलुङ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति बदर

रास्वपाको बागलुङ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति बदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले जिल्ला समिति पूर्णरूपमा बदर गरेको छ ।

अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको परीक्षण र अध्ययन गरी तोकिको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालेको हो ।

बागलुङ जिल्ला अधिवशेन कार्यविधिअनुरूप पुन: सम्पन्न गर्ने, नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय गरेको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

यसैबिच आयोगले कैलाली जिल्ला अधिवेशन विधिवत् रूपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै कार्यसमितिलाई सदर गरेको छ । गत जेठ २४ गते कैलाली जिल्ला अधिवेशन भएको थियो ।