काठमाण्डु– लगातार परेको वर्षासँगै आएको बाढीपहिरोले देशका ५ प्रमुख राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्।
मंगलबार बिहानको विवरण अनुसार इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग बाढी र पहिरोले अवरुद्ध भएका हुन्।
वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेकाले यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।





प्रतिक्रिया