काठमाण्डु– यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहमा नाकाबन्दी गरेर युद्ध भड्काउने खतरा उत्पन्न भए पछि इरानले खाडीमा अस्थित अमेरिकी राडार, हवाई रक्षा प्रतिष्ठानहरू लगायत सैन्य सुविधाहरुलाई निशाना बनाएर थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ ।
इरानको रिभोलुसनरी गाड्र्सले उनीहरूले होर्मुजको जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्याङ्करहरू मा आक्रमण गरी रोकेको जनाइएको छ ।
पछिल्लो समयको झडपमा कम्तिमा ३ जना अमेरिकी सैनिकको मृत्यु भए पछि, संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको छ भने आक्रमणको उदेश्य होर्मुज जलमार्गमा व्यापारिक जहाजमा आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पारेका जनाइएको छ ।
यस अघि इरानी सेनाले कुवेत र बहराइनमा हवाई रक्षा प्रणाली, राडार स्थापना र प्रशासनिक भवनहरूसहित अमेरिकी सुविधालाई लक्षित गरी आक्रमण गरेको बताएको थियो । मिसाइल आक्रमणको अझै निर्णायक र शक्तिशाली तयारी थालिएको आईआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले द्वन्द्वमा मारिएका प्रत्येक अमेरिकी सैनिकका लागि चर्को मुल्य तिर्नुपर्ने चेतावनी दिएका थिए भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्ण रपमा भड्किएको बताएका थिए ।
द्वन्द्वका कारण गत जुलाई –७ देखि लगभग एक सय जना अमेरिकी सैनिकहरू घाइते भएको पेन्टागनले जनाएको छ ।
यसैबिच तेहरानका यमनी सहयोगी, हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गर्दै युद्धको विस्तार गर्ने धम्की दिएका छन् ।
हुथीहरूको यस्तो कदमले रियादको केही तेल निर्यातका लागि होर्मुजको क्षमतालाई जोखिममा पारी विश्वव्यापी अर्थतन्त्रमा ठुलो असर पार्ने आकलन गरिएको छ ।
साउदी अरेबियाले भने हुथी विद्रोहिको खतराको कडा निन्दा गर्दै यसले भाइचारा यमनी जनता र उनीहरूको सरकारलाई समर्थन गरिरहेको बताएको छ ।
अप्रिलमा जारी गरिएको युद्धविराम र जुनमा गरिएको सम्झौता ध्वस्त भए पछि मध्यपूर्व युद्ध पुनः भड्किएको छ ।
तेहरानले होर्मुजको जलमार्गमा आफ्नो नाकाबंदी पुनः लागु गरेको छ भने वासिङ्टनले इरानका बन्दरगाहहरू अवरुद्ध गरेर प्रतिक्रिया दिइ रहेको छ ।
विश्व वजारमा तेलको आयात गर्ने मुख्य जलमार्ग प्रभावितहुने गरी भएको लामो युद्धले तेलको मूल्य बढेर उच्च स्तरमा पुगेको थियो ।
हाल होर्मुज अवरुद्ध भएता पनि साउदी अरेबियाले यसको लाल सागर बन्दरगाह यानबु हुँदै लाखौं ब्यारेल तेल निर्यात जारी राख्न सक्षम भएको जनाइएको छ ।
कूटनीतिक आदान–प्रदान बिच, होर्मुजको जलमार्गमा, रिभोलुसनरी गाड्र्सले मङ्गलबार जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा ट्याङ्करमा विस्फोटको गराउदा ठुलो आगलागी हुनुका साथै तिनीहरूलाई नियन्त्रणमा लिएको जनाइको छ ।




प्रतिक्रिया