कीर्तिपुरमा आगो लागेकाे कारमा सिट बेल्ट बाँधेकै अवस्थामा मृत भेटिए चालक

कीर्तिपुरमा आगो लागेकाे कारमा सिट बेल्ट बाँधेकै अवस्थामा मृत भेटिए चालक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कीर्तिपुरमा कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। कीर्तीपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको हो ।

मंगलबार साढे ११ बजेको आसपासमा चोभारमा गुडीरहेको उक्त गाडीमा एक्कासी आगो लागेपछि प्रत्यक्षदर्शीले तत्कालै प्रहरी र ट्राफिकलाई खबर गरेका थिए ।

चालक बाहिर निस्कन नपाएकाले सिट बेल्ट बाँधेको अवस्थामै जलेर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ । मृतक चालकको सनाखत हुन बाँकी छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।