कञ्चनपुर भन्सारमा लक्ष्यभन्दा १३% कम राजस्व संकलन

कञ्चनपुर भन्सारमा लक्ष्यभन्दा १३% कम राजस्व संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरूप वार्षिक राजस्व संकलन गर्न सकेन ।

गत आर्थिक वर्ष २०८२/०८३ मा ६९ करोड २ लाख ८६ हजार वार्षिक राजस्व संकलनको लक्ष्य लिएकोमा ६० करोड ९ लाख ६२ हजार राजस्व जम्मा भएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टले जानकारी दिए ।

‘लक्ष्यभन्दा १३ प्रतिशतले कम राजस्व जम्मा भयो,’ सूचना अधिकृत भट्टले भने, ‘तोकिएकोमा ८७.५ प्रतिशत राजस्व जम्मा भएको छ ।’ उनले गत जेठमा करको दरमा गरिएको कडाइ र वनबासा पुल सीमित समय मात्रै खुल्ने भएका कारण राजस्व संकलनमा प्रभावित हुने गरेको बताए ।

यहाँबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इलेक्ट्रिक सामान, भाँडाकुँडा, कृषि सामग्री लगायतका वस्तु आयात र अदुवा लगायतका मालसमान भारत निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।