रामप्रसाद धिताल विद्युत नियमन आयोगको अध्यक्ष नियुक्त

रामप्रसाद धिताल विद्युत नियमन आयोगको अध्यक्ष नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन् ।

बुधबारको मन्त्रिपरिषद् बैडकले धिताललाई आयोग अध्यक्षमा नियुक्त गरेको हो । धितालले बिहीबार पद तथा गोपनियताको सपथ लिँदैछन् ।

यसअघि पनि उनी आयोगको अध्यक्ष थिए । धितालसँग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको समेत अनुभव छ ।

आयोगले विद्युत महसुल दर निर्धारण, विद्युत सेवाको गुणस्तर अनुगमन, विद्युत आपूर्ति सुरक्षित र गुणस्तरीय बनाउने तथा सरकारी र निजी विद्युत उत्पादन, वितरण र व्यापार कम्पनीहरुको नियमन गर्ने काम गर्छ ।


यसका अलावा विभागले उपभोक्ता अधिकार संरक्षण, सेवा प्रदायक र उपभोक्ताबीचका केही विवाद समाधानका साथै
विद्युत क्षेत्रलाई प्रतिस्पर्धी, पारदर्शी र प्रभावकारी बनाउन नियमन गर्ने र नीतिगत सुधारका लागि अनुगमनको काम गर्दै आएको छ ।