काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् ।
शनिबारको प्रदेशसभा बैठकमा उनले पदबाट राजीनामाको घोषणा गरे ।
प्रदेश सभामा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले राजीनामाको घोषणा गरे ।
कँडेल २०८० चैत्र अन्तिम हप्ता मुख्यमन्त्री नियुक्त भएका थिए । सुरुमा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका उनी २०८१ साउनदेखि कांग्रेससँगको गठबन्धनमा मुख्यमन्त्री बनेका थिए ।




प्रतिक्रिया