वर्षमान पुनको निवासमा ओली–प्रचण्ड वार्ता, एमाले–नेकपा गठबन्धनमा हस्ताक्षरको तयारी

वर्षमान पुनको निवासमा ओली–प्रचण्ड वार्ता, एमाले–नेकपा गठबन्धनमा हस्ताक्षरको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश सरकारहरू फेरबदल भइरहेको सन्दर्भमा नयाँ सत्ता समीकरण बनाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक वार्तामा जुटेका छन् ।

शनिबार पौने १२ बजेदेखि ललितपुरको खुमलटारस्थित नेकपा नेता वर्षमान पुनको निवासमा चलिरहेको वार्तामा गठबन्धन गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको उच्च स्रोतले जनाएको छ ।

वाम ध्रुवीकरणका लागि यसअघि विभिन्न चरणमा वार्ता गरेर एमाले र नेकपा अन्तिम सहमतिका लागि जुटेका छन् । नयाँ सत्ता समीकरण निर्माण र वामपन्थी गठबन्धन निर्माणबारे दुवै पार्टीबिच सहमति हुने जनाइएको छ ।