कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी र सदस्यलाई थप जिम्मेवारी

कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी र सदस्यलाई थप जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा शनिबार बसेको प्रतिष्ठानको बैठकले उपसमितिहरूलाई सहजीकरण गर्न केन्द्रीय पदाधिकारी र सदस्यहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका नेताहरूलाई पार्टीको मुख्य दायित्वका रूपमा लिएर सक्रियतापूर्वक काम गर्न निर्देशन दिएको जनाइएको छ । उनले प्रत्येक उपसमितिले पार्टीको एनसीएनसी अवधारणा तथा अभियानसँग आबद्ध भई नागरिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए । नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयलाई कांग्रेसको नीतिगत एजेन्डा बनाइने पनि उनले स्पष्ट पारे ।

बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ तथा दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिका संयोजक डा. डीबी सुनारले आ–आफ्नो विषयगत अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानको बैठक आईतबार बिहान साढे ११ बजे पुन: बस्ने जनाइएको छ ।