भारतमा विद्यार्थी प्रदर्शनकारीमाथि एके–४७ बाट गोली चलाएको भिडियो भाइरल

भारतमा विद्यार्थी प्रदर्शनकारीमाथि एके–४७ बाट गोली चलाएको भिडियो भाइरल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा चर्किएको विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग गर्ने क्रममा सुरक्षाकर्मीले अत्याधुनिक एके–४७ राइफलबाट गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बिहार राज्यको सिवानमा भएको प्रदर्शनका सहभागीलाई लक्षित गरी प्रहरीले एके–४७ बाट गोली चलाएको भिडियो सञ्जालमा फैलिएपछि सरकारको व्यापक आलोचना भएको छ ।

विपक्षी र अधिकारकर्मीहरुले घटनामा संलग्न प्रहरी अधिकारीहरुमाथि कारबाहीको माग गरेका छन् । प्रश्नपत्र आउट भएको विषयमा भारतभर प्रदर्शन भएको थियो ।

भारतीय कक्रोज पार्टीको आह्वानमा भएको नवयुवाको प्रदर्शन चर्किंदै गएपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदर्शन रोकिएको छ ।


प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि भारतीय जनता पार्टीको सरकारले एके–४७ राइफलले गोली चलाएको आरोप लगाएका छन् ।

विद्यार्थीमाथि पेलेट दिल्लीमा पेलेट गन र बिहारमा एके–४७ चलाएको तथा उत्तर प्रदेश र पश्चिम बंगालमा चरम दमन गरिएको बताए ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग इपक्राउ परेका विद्यार्थीलाई तत्काल छाड्ने र जाहेरी दर्ता नगर्ने आफ्नो प्रतिबद्धता इमान्दारीपूर्वक कार्यान्वयन गर्न माग गरेका छन् ।

यसैबीच बिहार प्रहरीका एसपी पुरन कुमार झाले गुप्तचर विभागमा कार्यरत ती प्रहरीलाई निलम्बन गरी विभागीय कारबाही अघि बढाइएको दाबी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यद्यपि प्रहरीले आन्दोलनकारीको बीचमा घुसपैठ गरेका हतियारधारीले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीका क्रममा फायर गरिएको बताएको छ ।

त्यस क्रममा प्रहरीको गोली लागेर कम्तिमा तीन प्रदर्शनकारी घाइते भएका थिए ।