वरिष्ठ नेता श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्ने

वरिष्ठ नेता श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि शोक प्रस्ताव पारित गर्न पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार आकस्मिक बैठक साउन १३ गते बिहान ८:३० बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपीनगरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा काठमाण्डु उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

वरिष्ठ नेता श्रेष्ठको सोमबार हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक आह्वान गरिएको कांग्रेसले जनाएको छ ।

यसैबिच स्व. श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि साउन १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम तय गरिएको छ । त्यसपछि उनको पार्थिव शरीरलाई अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ ।