सुनसरीका थप क्षेत्रमा कर्फ्यू आदेश जारी

सुनसरीका थप क्षेत्रमा कर्फ्यू आदेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कप्तानगञ्ज घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले थप क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्र तथा इनरूवा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनका कारण स्थिति थप जटिल बन्दै गएपछि प्रशासनले मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार आदेश जारी गरिएको उल्लेख छ ।

प्रशासनका अनुसार कर्फ्युको दायरा पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म रहेको पूर्वपश्चिम राजमार्गको उत्तर र दक्षिणतर्फ २००–२०० मिटर क्षेत्र तथा सम्पूर्ण इनरूवा बजारमा लागू हुनेछ ।

कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा सर्वसाधारणको आवतजावत, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउ तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रशासनले नागरिकलाई आदेशको पालना गर्न तथा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

यस्तो छ सीडीओको आदेश –