काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का प्रमुख सल्लाहकार कुमार बेनले सुटुक्क नयाँदिल्ली भ्रमण गरेको हल्लालाई भारत सरकारले अस्वीकार गरेको छ ।
मंगलबारको औपचारिक प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रमुख सल्लाहकार बेनको भ्रमणको दाबीबारे कुनै जानकारी नभएको बताए ।
पत्रकारको जिज्ञासामा उनले भने, ‘त्यसबारे मलाई कुनै जानकारी छैन ।’
उनले नेपालका प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिएको जानकारी दिए ।




प्रतिक्रिया