सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकमा राति सवारी आवागमन बन्द

सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकमा राति सवारी आवागमन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार रातिदेखि सवारी आवागमन अस्थायी रूपमा बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार मुग्लिन बजार नजिक नारायणगढतर्फ सुख्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले सम्भावित मानवीय जोखिमलाई मध्यनजर गर्दै मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिङ सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक योजना बनाएर मात्र यात्रा गर्न आग्रह गर्दै सडक खुल्नेबारे थप सूचना सम्बन्धित निकायबाट प्राप्त गर्न अनुरोध गरेको छ ।

यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै प्रशासनले आपतकालीन सहयोग, समन्वय तथा जानकारीका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४), जिल्ला आपतकालीन सञ्चालन केन्द्र (१२३४) तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको सम्पर्क नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।