रास्वपा केन्द्रीय समिति बैठक बस्दै

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको बैठकले विभिन्न पदमा मनोनयन गर्नेछ ।

महामन्त्री विपिन आचार्यका अनुसार बैठकका मुख्य एजेन्डा गत महिना सम्पन्न पार्टीको पहिलो महाधिवेशनको समग्र समीक्षासम्बन्धी छ । त्यस्तै, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन सम्बन्धमा छन् ।

‘बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा गर्ने, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन गर्ने र सांगठनिक व्यवस्थापन तथा मनोनयनसम्बन्धी विषयमा छलफल हुनेछ’, महामन्त्री आचार्यले बताए ।

त्यसैगरी, आगामी दिनमा सञ्चालन गरिने अभियान तथा कार्यक्रमहरू र विविध विषयमा पनि छलफल हुने छ । पार्टीका विभिन्न पदमा मनोनयन बाँकी छ। मनोनयनलाई नै केन्द्रित गरी बैठक बोलाइएको छ।