रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीको देवानगन्जमा दुई समयुदायबीच केही दिनयता देखिएको तनावबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

सिंहबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभा सभापति गणन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल लगायत उपस्थित छन्।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित छन् । ओलीले पार्टी महासचिव शंकर पोखरेल र साम्पाङले प्रमुख सचेतक आरेन राईलाई बैठकमा पठाएका हुन् ।

यस्तै बैठकमा जनमतका पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत उपस्थिति छन् ।

सुनसरीको संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक तहबाट साझा सन्देश र अपिल गर्नेबारे छलफल गर्न बैठक बसेको हो ।

देवानगन्जमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु र प्रहरीसहित २२ घाइते भएपछि विकसित हिंसात्मक घटनाले सुनसरी अझै अशान्त रहेको छ ।

मंगलबार साँझ फेरि दुवै पक्ष घरेलु हतियारसहित आक्रमण–प्रत्याक्रमणमा उत्रिए पनि सुरक्षाकर्मीले दुई घण्टापछि स्थिति नियन्त्रणमा लिएका थिए।