कपिलवस्तुमा ट्रकको ठक्करबाट एक बालकसहित ३ जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक बालकसहित ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाण्डु – कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका दुई सर्वसाधारण र एक बालकको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका–३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी, ४५ वर्षीय विजय कुमार गुप्ता र महाराजगंज नगरपालिकाका १२ वर्षीय बालक आनन्द कश्यपको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो। अस्पतालका चिकित्सकले तीमध्ये तीन जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घाइते एक जनाको उपचार भइरहेको छ।