सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ : शंकर पोखरेल

सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी घटनामा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार सर्वदलीय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले सुनसरी घटनामा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन्।

उनले सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

‘सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका खेलेको छ भन्ने प्रत्याभूति हुनुपर्छ । सुरक्षा निकायको मनोबल गिरेका कारण यस्ता घटना हुन्छन् वा सुरक्षा निकायलाई भिड व्यवस्थापन गर्नसक्ने र नागरिकको ज्यान नजाने गरी ध्यान दिन जरुरी छ।’ उनले भने ।

सुनसरीको देवानगन्जमा दुई समयुदायबीच केही दिनयता देखिएको तनावबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभा सभापति गणन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल लगायत उपस्थित थिए ।