कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कांग्रेसका सभापति गगनकुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्  । श्रेष्ठका छोराले उनलाई दागबत्ती दिएका छन् ।

नेता श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुगेका थिए । वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई यसअघि कांग्रेसको पार्टी सानेपा काठमाण्डुमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

कांग्रेसको पार्टी कार्यालयमा उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न दलका शीर्ष नेताहरू गएका थिए । वरिष्ठ नेता श्रेष्ठको ७९ वर्षे उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार भएको निधन भएको थियो ।

स्व. श्रेष्ठ विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

स्व. श्रेष्ठले यसअघि लोकतन्त्रको स्थापना, पुन:स्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ ।

कांग्रेसका विभिन्न पदीय जिम्मेवारीमा रही नेतृत्व प्रदान गर्ने क्रममा उनले पटक–पटक गरी करिब ६ वर्ष जेल जीवन बिताएका थिए । स्व. श्रेष्ठ यसअघि विक्रम संवत् २०४८, २०५६, २०६४ सालमा स्याङ्जा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

स्व. श्रेष्ठ यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण र वाणिज्य तथा शिक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए ।