एमालेले भन्योः काठमाण्डुमा गोली चल्दा ओली र लेखक जिम्मेवार हुनुपर्ने, सुनसरीमा गोली चल्दा बालेन र सुधनले लिनुनपर्ने ?

एमालेले भन्योः काठमाण्डुमा गोली चल्दा ओली र लेखक जिम्मेवार हुनुपर्ने, सुनसरीमा गोली चल्दा बालेन र सुधनले लिनुनपर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले सुनसरीमा भएको गोली काण्डमा जिम्मेवार रहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् ।

काठमाण्डुमा सरकारी बन्दुकले मान्छे मारिँदा प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुनुपर्ने तर्क गर्नेहरुको सरकारले काठमाण्डुबाहिरको उस्तै घटनामा जिम्मेवारी लिनुपर्ने कि नपर्ने भन्ने उनको भनाइ थियो ।

काठमाण्डुमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई आरोपित गर्नेहरुले अहिलेको घटनाको जिम्मेवारी लिनुपर्ने बताइन् ।

‘काठमाण्डुमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्नुपर्छ भन्ने अवस्था सिर्जना गरियो भने सुनसरीमा मानिस मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ?’, उनले भनिन्, ‘यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’

अर्यालले सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाइन् ।