काठमाण्डु– राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बैठक सुरु भएको हो ।
बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा सम्बन्धी विषय र आवश्यक रणनीतिक तयारीबारे छलफल हुने जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सहभागी छन् ।
बैठकबाट समसामयिक सुरक्षा चुनौती, सीमा सुरक्षा, आन्तरिक सुरक्षा व्यवस्थापनका लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया