खण्डित सत्य फैलाउने काम मिडियाले मात्र होइन, संसद्ले पनि गरिरहेको छ : गणेश कार्की

खण्डित सत्य फैलाउने काम मिडियाले मात्र होइन, संसद्ले पनि गरिरहेको छ : गणेश कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मिडियाले मात्र होइन, संसद्ले पनि खण्डित तथ्य प्रस्तुत गर्दै उक्साउने काम गरिरहेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले संसद्बाट समेत गलत सूचनाका आधारमा भ्रमपूर्ण प्रचार भइरहेको बताएका हुन्।

उनले भने,’आजको बैठकमा लोकसेवा परीक्षा रोकियो भनेर चर्चा गरियो। कहाँ रोकियो लोकसेवारु नपुगेका ठाउँमा परीक्षा सञ्चालन गर्ने र पुगेका ठाउँमा ओएनएम गर्ने सरकारले भनिराखेको छ । दुईवटा बुँदा नपढी हामीले यहाँ खण्डित सत्य उठाइरहेका छौँ।’

उनले गृहमन्त्रीसँग सम्बन्धित विषयमा पनि गलत व्याख्या गरिएको उल्लेख गरे।

‘गृहमन्त्री सदनमा आएर ‘तिमीहरू नै गृहमन्त्री बन’ भन्नुभयो भन्ने कुरा आयो। हामी पनि यहीँ थियौँ, तर हामीले त त्यस्तो सुनेनौँ। यसरी खण्डित सत्य प्रस्तुत गर्ने र उक्साउने काम मिडियाले मात्र होइन, हामीले पनि गरिरहेका छौँ। यस्तो नगरौँ,’ उनले भने।

सांसद कार्कीले केही दिनअघि सेतोपाटी समाचार संस्थाले आत्मदाह र आत्महत्यासम्बन्धी समाचार प्रकाशन नगर्ने विषयमा प्रकाशित सम्पादकीयलाई सकारात्मक कदमको रूपमा समेत टिप्पणी गरे।