विराटनगर– सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागी घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ ।
कप्तानगन्जका २१ वर्षीय जयप्रकाश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा बिहीबार ज्यान गएको हो । योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) अबिनारायण काफ्लेले मेहताको मृत्यु भएको पुष्टि गरे । मेहताको पेटमा गोली लागेको थियो ।
यसअघि देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति मृत्यु भएको थियो ।




प्रतिक्रिया