सिरहा– सुरक्षा अवस्था बिग्रिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् ।
प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन, प्रदर्शन वा हुलदंगाका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू लगाइएको जनाएको छ ।
सुनसरीको कप्तानगञ्जको घटनाको प्रभाव सर्लाहीमा पनि परेको छ । सर्लाहीमा दुई समूहबीच झडप भएको छ । यहाँ ११ वटाभन्दा धेरै मोटरसाइकलमा आगजनी भएकोछ । सबै नष्ट भएका छन् । गोलबजार नगरपालिकाको दमकलको प्रयोगले आगोलागी नियन्त्रणमा लिइएको छ।
त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन रोकिएको छैन ।
जारी आदेशअनुसार पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ रा।प्र। बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा कर्फ्यू लागू हुनेछ ।
प्रशासनले कर्फ्यू अवधिमा निषेध गरिएका गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
यसअघि आइतबार साँझ सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपमा गोली लागेर एक जनाको मृत्यु भएको थियो । बिहीबार उपचारका क्रममा सोही ठाउँका अर्का युवकको पनि ज्यान गएको छ ।
सुनसरी घटनापछि विभिन्न जिल्लामा सुरक्षा चुनौती बढेको भन्दै प्रशासनले सतर्कता बढाएको छ।
सम्भावित तनाव नियन्त्रण गर्न सिरहामा पनि कर्फ्यू आदेश जारी गरिएको हो ।
सिरहाको गोलबजारमा दुई समूहबीचको झडपले स्थिति उग्र बनेको छ । झडपका क्रममा करिब एक दर्जन मोटरसाइकलमा आगजनी भएकोछ ।




प्रतिक्रिया