काठमाण्डु– बिहीबार पनि सेयर बजार घटेको छ । बिहीबार बजारको परिसूचक नेप्से १६.२९ अंक घटेर परिसुचक २६७२ मा पुगेको छ ।
गत सोमबार देखि ओरालो लागेको बजार चार दिनमा ६२ अंक घटेको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३८ करोडको भयो ।
आज ५९ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ११ को स्थिर रह्यो ।
आज कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् र सेन्ट्रल फाइनान्स अगाडि रहे ।
आज सबैभन्दा धेरै एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो भने कालिन्चोक हाइड्रोपावरको मूल्य १५ प्रतिशत घट्यो ।
सबै समूहगत सूचक घटेका छन् । विकास बैंक र जलविद्युत् समूह १ प्रतिशतभन्दा धेरै घटे ।
बैंकिङ ०.३३, विकास बैंक १.१२, फाइनान्स ०.१३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् १.२०, लगानी ०.५५, जीवन बीमा ०.४२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.१९, अन्य ०.६९ तथा व्यापार ०.४२ प्रतिशत घटे ।




प्रतिक्रिया