काठमाण्डु – मुलुकको पछिल्लो सुरक्षा अवस्था तथा सामाजिक एवं धार्मिक सद्भाव कायम राख्ने विषयमा गृह मन्त्रालयमा बिहीबार साँझ उच्चस्तरीय छलफल भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा साँझ ६ बजेदेखि सुरु भएको छलफलमा गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, धर्मगुरु तथा सरोकारवालाहरूको सहभागिता छ ।
छलफलमा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल, काठमाण्डुका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेको उपस्थिति रहेको छ ।
मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अली, सन्तोष राजा वादी, पशुपति खड्का लगायत विभिन्न धर्मसमुदायका धर्मगुरु तथा सरोकारवालासहित करिब १०–११ जनाको सहभागिता रहेको जनाइएको छ ।
पछिल्ला दिनहरूमा पूर्वी नेपालमा उत्पन्न तनावपूर्ण अवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उपाय र शान्ति–सुरक्षा व्यवस्थापनका विषयमा केन्द्रित भएर छलफल भइरहेको जनाइएको छ ।




प्रतिक्रिया