विराटनगर पुगे गृहमन्त्री गुरुङ, अस्पतालमा घाइते भेटेर मृतक परिवारलाई भेट्ने

विराटनगर पुगे गृहमन्त्री गुरुङ, अस्पतालमा घाइते भेटेर मृतक परिवारलाई भेट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् ।

सुनसरीबाट सुरु भएको विवाद बढ्दै गएपछि उनी सुनसरी जान विराटनगर पुगेका हुन् ।

उनी सुनसरीको देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल जाने कार्यक्रम छ ।

अस्पतालमा घाइतेलाई भेटेपछि उनले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ ।