उपराष्ट्रपति यादवसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता

उपराष्ट्रपति यादवसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपति यादवको निवास लैनचौर पुगेर अध्यक्ष दाहालले भेटवार्ता गरेका हुन् ।

भेटमा पछिल्लो समय मधेशमा विकसित घटनाक्रम, संघीय संसद्का कामकारबाही, ऐन कानुन निर्माणको अवस्था, राष्ट्रिय सभाले निर्वाह गरिरहेको भूमिका तथा समसामयिक परिस्थिति लगायतका विविध विषयमा छलफल भएको थियो ।

यसैबिच अध्यक्ष दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका थिए ।