काठमाण्डु – राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।
बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु जारी गरेको प्रशासनले शुक्रबार बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी थापाद्वारा जारी आदेशमा कर्फ्युको उल्लङ्घन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ ।
बोदेबरसाईन नगरपालिकामा बिहीबार राति १० बजेदेखि नै अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ । कर्फ्यु आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ ।




प्रतिक्रिया