धनुषामा एक जनाको हत्या

धनुषामा एक जनाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।

धनुषाकै हंसपुर नगरपालिका–३ मलहनिया घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा हत्या भएको हो ।

उनी रघुनाथपुरस्थित फुपूको घरमा बस्दै आएका थिए । स्थानीयका अनुसार उनी फूपुको घरमा खाना खाएर मन्दिरमा सुत्ने जाने गरेका थिए ।

स्थानीयले गडेरीको हत्या भएको खबर गरेपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।