काठमाण्डु – सुनसरीसहित मधेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितका विषयमा प्रधानमन्त्री बालेन शाहले मधेश केन्द्रित दल र विभिन्न दलका मधेशी नेताहरूसँग सामूहिक संवाद थालेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा प्रधानमन्त्री शाहले देशमा भएको पछिल्लो घटनाक्रम र समसामयिक विषयमा मधेश केन्द्रित दल र विभिन्न दलका मधेशी नेताहरूसँग संवाद गर्न लागेका हुन् ।
प्रधानमन्त्रीसँगको संवादमा जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह ,एमाले नेता लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अनसारी ,राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेस कुमार सिंह, जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी , जयकान्त राउत लगायत छन् ।




प्रतिक्रिया