काठमाण्डु – नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। शुक्रबार सुन प्रतितोला एक हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५० रूपैयाँले बढेर चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया