काठमाण्डु – सुनसरीको देवानगञ्जबाट सुरु भएको प्रदर्शन मधेशका जिल्लामा पनि फैलिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूलाई मधेश पठाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले सिनियर उच्च अधिकृतहरुलाई मधेशका जिल्लाहरुमा पठाइएको बताए ।
त्यसैगरी सशस्त्र प्रहरीले पनि उच्च अधिकृतहरुलाई तराई पठाएको छ । सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका हिमालय श्रेष्ठलाई जनकपुर पठाइएको छ।
यस्तै बारा र पर्सामा समन्वय गर्ने गरी नेपाल प्रहरीका एसएसपी होबिन्द्र बोगटीलाई पठाइएको छ । बोगटी प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत थिए । मधेस प्रदेशको सप्तरीदेखि पर्सासम्म उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।




प्रतिक्रिया