काठमाण्डु– सामाजिक सद्भाव कायम राख्ने पहलस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल थालेका छन् ।
सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरमारमा हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफिल गरेका हुन् । छलफलमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाल तथा मुस्लिम धार्मिक अगुवा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरे ।
छलफलका क्रममा देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन, सामाजिक सद्भावमा पर्न सक्ने प्रभाव तथा शान्तिपूर्ण वातावरण निर्माणका विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ ।
सुनसरी, सिराहा, जनकपुर लगायत क्षेत्रमा भइरहेका प्रदर्शन रोकेर शान्तिपूर्ण निकास निकाल्न लामिछानेले यसअघि मधेसवादीसहित संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग परामर्श गरेका थिए ।




प्रतिक्रिया